RayNewsDaily
सुनको मूल्य घट्यो, चाँदी बढ्यो
  • सुनको मूल्य प्रतितोला रु. २०० ले घटेर रु. तीन लाख एक हजार ५०० कायम ।
  • चाँदीको मूल्य प्रतितोला रु. २५ ले बढेर रु. चार हजार ६७० पुग्यो ।
  • अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार ३२२ र चाँदी ६३ अमेरिकी डलर ।

रे समाचार/काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु. २०० ले घटेको छ भने चाँदीको मूल्य रु. २५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु. तीन लाख एक हजार ५०० मा कारोबार भइरहेको छ ।

हिजो आइतबार छापावाल सुन प्रतितोला रु. तीन लाख एक हजार ७०० मा कारोबार भएको थियो । यसैगरी, चाँदीको मूल्य प्रतितोला रु. २५ ले बढेर रु. चार हजार ६७० पुगेको छ । हिजो चाँदी प्रतितोला रु. चार हजार ६४५ मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस चार हजार ३२२ अमेरिकी डलर तथा चाँदी प्रतिऔँस ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, साउन २५, २०८३  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update