RayNewsDaily
सुनको मूल्यमा फेरि उछाल, तोलामै ४ हजार ८ सय बढ्यो
  • सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँ बढ्यो ।
  • छापावाल सुन प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ पुग्यो ।
  • चाँदी पनि प्रतितोला ६५ रुपैयाँ बढेर ४ हजार ६ सय ४५ रुपैयाँ कायम ।

रे समाचार/काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्य आज उल्लेख्य रूपमा बढेको छ । छापावाल सुनको मूल्य एकैदिन प्रतितोला ४ हजार ८ सय रुपैयाँले बढेर ३ लाख १ हजार ७ सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले बढेर ४ हजार ६ सय ४५ रुपैयाँ पुगेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ५ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस ४ हजार ३४३ अमेरिकी डलर तथा चाँदीको मूल्य प्रतिऔँस ६३ अमेरिकी डलर कायम भएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २४, २०८३  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update