सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
- सुन प्रतितोला रु ९०० ले बढेर रु २,९६,९०० पुग्यो ।
- चाँदी प्रतितोला रु १० ले बढेर रु ४,५८० कायम ।
- अन्तर्राष्ट्रिय बजारमा पनि सुन-चाँदीको मूल्य उच्चस्तरमा ।
काठमाडौँ । काठमाडौँ, २२ साउनः स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु ९०० ले बढेर रु दुई लाख ९६ हजार ९०० पुगेको छ ।
अघिल्लो कारोबार दिन प्रतितोला रु दुई लाख ९६ हजारमा कारोबार भएको सुन आज रु ९०० ले महँगिएको हो । यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला रु १० ले बढेर रु चार हजार ५८० कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला रु चार हजार ५७० मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस चार हजार २६२ अमेरिकी डलर र चाँदी प्रतिऔँस ५८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
प्रकाशित मिति: शुक्रबार, साउन २२, २०८३ ११:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
