ग्यासको कृत्रिम अभाव गराए कडा कारबाही
- ग्यासको कृत्रिम अभाव गराए कडा कारबाही हुने ।
- मालसामान जफत, जरिवाना र कैद सजायको व्यवस्था ।
- प्रशासनले कानुन कार्यान्वयनमा कडाइ गर्ने चेतावनी ।
रे समाचार/वीरगञ्ज । वीरगञ्ज (पर्सा), २१ साउनः खाना पकाउने ग्यासमा कृत्रिम अभाव सिर्जना गर्ने व्यक्ति वा संस्थालाई प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बजारमा ग्यासको कृत्रिम अभाव गराउनेमाथि ‘कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२’ तथा ‘उपभोक्ता संरक्षण ऐन, २०७५’ अनुसार कारबाही गरिने बताउनुभयो ।
उहाँका अनुसार दोषी ठहरिए मालसामान जफत, भारी जरिवाना तथा कैद सजायसमेत हुन सक्ने कानुनी व्यवस्था छ ।
प्रकाशित मिति: बिहीबार, साउन २१, २०८३ १६:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
