- नेप्से १३.८२ अङ्कले घटेर २,६५४.१५ मा झर्यो ।
- रु ४.६२ अर्बभन्दा बढीको सेयर कारोबार ।
- १३ मध्ये १२ उपसमूह घटे, २०२ कम्पनीको सेयर मूल्य ओरालो ।
काठमाडौँ । काठमाडौँ, २१ साउनः धितोपत्र बजारमा आज नेप्से परिसूचक १३ दशमलव ८२ अङ्कले घटेर दुई हजार ६५४ दशमलव १५ मा झरेको छ । बजार घटेसँगै कारोबार रकम भने रु चार अर्ब ६२ करोडभन्दा बढी पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार सेन्सेटिभ परिसूचक दुई दशमलव ६२ अङ्कले घटेर ४६४ दशमलव ७३ मा पुगेको छ । फ्लोट सूचक एक दशमलव ०३ अङ्कले घटेर १८२ दशमलव २६ तथा सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ९१ अङ्कले घटेर १५७ दशमलव ३४ मा झरेको छ ।
आज एक करोड आठ लाख चार हजार ४२६ कित्ता सेयर रु चार अर्ब ६२ करोड २७ लाख ७७ हजार ४४२ मा खरिदबिक्री भएको छ । १३ उपसमूहमध्ये एउटा मात्रै उपसमूह बढ्दा १२ उपसमूह घटेका छन् । ६४ कम्पनीको सेयर मूल्य बढेको, २०२ कम्पनीको घटेको र १० कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज अपर लोहारे खोला हाइड्रोपावर, कलङ्गा हाइड्रोपावर र एनआइबिएल समृद्धि फण्ड-२ का लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । एलएस होराइजन, मेगा म्युचुअल फण्ड र लक्ष्मी भ्यालु फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
