- नेप्से ४.७९ अंकले बढेर २,६६७.९३ विन्दुमा पुग्यो ।
- कारोबार रकम बढेर रु. ४ अर्ब ४० करोड नाघ्यो ।
- सोलु हाइड्रोपावरको सर्वाधिक कारोबार ।
रे समाचार/काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज ४.७९ अंकले बढेर २,६६७.९७ विन्दुमा पुगेको छ । बजारसँगै कारोबार रकम पनि बढेर रु. ४ अर्ब ४० करोड ९८ लाख ८६ हजार पुगेको छ ।
अघिल्लो कारोबार दिन रु. ४ अर्ब ७ करोड बराबरको शेयर किनबेच भएको थियो । आज कारोबार रकममा वृद्धि भएसँगै बजार सामान्य सुधारतर्फ देखिएको हो ।
सोलु हाइड्रोपावरको शेयर आज सकारात्मक सर्किट लेभलमा कारोबार भयो । कम्पनीको शेयर मूल्य रु. ६७२.७० मा अन्तिम कारोबार भएको छ । अन्य बढेका अधिकांश कम्पनीको मूल्यवृद्धि भने छ प्रतिशतभन्दा कम रहेको छ ।
पछिल्ला १२ कारोबार दिनदेखि लगातार सकारात्मक सर्किट लेभलमा कारोबार हुँदै आएको एभरेस्ट कलरको शेयर मूल्य आज सबैभन्दा धेरै ९.०३ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर शीर्ष स्थानमा रह्यो । कम्पनीको रु. ५८ करोड १० लाख बराबरको शेयर कारोबार भयो । त्यस्तै, रिडी पावर कम्पनीको करिब रु. ३५ करोड तथा खानीखोला हाइड्रोपावर कम्पनीको रु. २७ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ ।
