- नेप्से २,६८५.५४ विन्दुमा पुग्यो ।
- १८० कम्पनीको शेयरमूल्य बढ्यो ।
- १३ मध्ये ११ उपसमूह हरियालीमा ।
रे समाचार/काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२.९६ अंकले बढेर २,६८५.५४ विन्दुमा पुगेको छ । आज ३ अर्ब ७५ करोड ९७ लाख २२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
दिनभर उतारचढावबीच कारोबार भएको बजार अन्त्यमा हरियालीसहित बन्द भएको हो । आज १८० कम्पनीको शेयरमूल्य बढ्दा ८२ कम्पनीको घट्यो भने १३ कम्पनीको मूल्य स्थिर रह्यो ।
उपसमूहतर्फ बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फन्ड र अन्य समूहका सूचक बढेका छन् । निर्जीवन बीमा र व्यापार समूह भने घटेका छन् ।
मूल्य वृद्धितर्फ एभरेष्ट कलर लिमिटेड अग्रस्थानमा रह्यो । त्यसपछि लक्ष्मी भ्यालु फन्ड-२, जोशी हाइड्रोपावर, एनआईबीएल ग्रोथ फन्ड र युनाइटेड होटल्स लिमिटेडको शेयरमूल्य उल्लेख्य रूपमा बढ्यो ।
घट्ने कम्पनीतर्फ बोटलर्स नेपाल (तराई) ५.३३ प्रतिशतले घट्दै शीर्ष स्थानमा रह्यो । त्यसपछि कालिन्चोक हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्यमा पनि गिरावट देखियो ।
कारोबार रकमका आधारमा रिडी पावर कम्पनी अग्रस्थानमा रह्यो । त्यसपछि ग्लोबल आइएमई बैंक, सेन्ट्रल फाइनान्स र रिलायन्स स्पिनिङ मिल्सको उच्च कारोबार भयो ।
शेयर संख्याका आधारमा ग्लोबल आइएमई बैंक, रिडी पावर र ग्लोबल आइएमई बैंक प्रमोटर शेयर सबैभन्दा बढी किनबेच भएका कम्पनी बने । १३ उपसमूहमध्ये दुई उपसमूह घट्दा बाँकी ११ उपसमूहका सूचक बढेका छन् ।
