- नेप्से ७.७९ अंकले घट्दा कारोबार रकम पनि खुम्चिएर रु ४ अर्ब २ करोड ९३ लाखमा सीमित ।
- एभरेष्ट कलरको शेयरमा लगातार आठौँ कारोबार दिन सकारात्मक सर्किट, कालिन्चोक हाइड्रोपावर पनि बढ्यो ।
- कारोबार रकममा हिमालयन पावर पार्टनर अग्रस्थानमा, १३ मध्ये ११ उपसमूहको परिसूचक घट्यो ।
रे समाचार/काठमाडौँ । पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको छ । नेप्से परिसूचक आज ७.७९ अंक घटेर २६८८.८८ विन्दुमा झरेको छ । नेप्सेसँगै कारोबार रकमले पनि घट्ने क्रमलाई नै निरन्तरता दिएको छ । हिजो ४ अर्ब ४२ करोड रुपैयाँको शेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब २ करोड ९३ लाख ९० हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
एभरेष्ट कलरको शेयरमूल्य निरन्तर आठौँ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य १२९ रुपैयाँ १० पैसा बढेर ९९० रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ । यसैगरी, कालिन्चोक हाइड्रोपावरको शेयरमूल्य करिब साढे १२ प्रतिशत बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ ।
कारोबार रकमका आधारमा आज हिमालयन पावर पार्टनर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज २२ करोड ४८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, खानी खोला हाइड्रोपावरको कारोबार रकम २१ करोड रुपैयाँ नाघेको छ भने रिलायन्स स्पिनिङ्ग मिल्सको करिब १८ करोड रुपैयाँको शेयर किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये आज दुई वटा उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ ।
