RayNewsDaily
शेयर बजारमा सामान्य गिरावट, कारोबार ४ अर्ब ४२ करोडमा सीमित
  • नेप्से परिसूचक ४.६४ अंक घटेर २६९६.६७ विन्दुमा झर्‍यो ।
  • कारोबार रकम ६ अर्ब ८ करोडबाट घटेर ४ अर्ब ४२ करोड रुपैयाँमा सीमित ।
  • एभरेष्ट कलरमा लगातार दोस्रो दिन सकारात्मक सर्किट, सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार ।

रे समाचार/काठमाडौं । काठमाडौं, १२ साउनः शेयर बजारमा आज सामान्य गिरावटसँगै कारोबार रकम पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.६४ अंकले घटेर २६९६.६७ विन्दुमा पुगेको छ । अघिल्लो दिन ६ अर्ब ८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएकोमा आज ४ अर्ब ४२ करोड ७३ लाख ५ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

आज एभरेष्ट कलर लिमिटेडको शेयर मूल्य लगातार दोस्रो दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भयो । कम्पनीको शेयर मूल्य ११२ रुपैयाँ ३० पैसा बढेर ८६१ रुपैयाँमा अन्तिम कारोबार भयो । यस्तै, लक्ष्मी उन्नति कोषको इकाई मूल्य ९ प्रतिशतभन्दा बढीले बढ्यो । कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्य भने सबैभन्दा धेरै ६.०७ प्रतिशतले घट्यो ।

कारोबार रकमका आधारमा सेन्ट्रल फाइनान्स शीर्ष स्थानमा रह्यो । कम्पनीको २७ करोड १४ लाख रुपैयाँबराबरको शेयर कारोबार भयो । रिडी पावर कम्पनीको २१ करोड रुपैयाँभन्दा बढी र सोलु हाइड्रोपावरको १९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आज १३ वटा उपसमूहमध्ये ४ वटा उपसमूहको परिसूचक बढ्दा ९ वटा उपसमूहको परिसूचक घटेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १२, २०८३  १६:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update