RayNewsDaily
सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा रु ४,३०० सस्तो
  • सुनको मूल्य एकैदिन तोलामा रु ४,३०० ले घट्यो ।
  • चाँदीको मूल्य पनि प्रतितोला रु १३५ ले ओरालो लाग्यो ।
  • छापावाल सुनको नयाँ मूल्य प्रतितोला रु २ लाख ८४ हजार २०० कायम ।

रे समाचार/काठमाडौँ । स्थानीय बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा छापावाल सुन प्रतितोला रु ४ हजार ३०० ले घटेको छ भने चाँदीको मूल्य प्रतितोला रु १३५ ले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु २ लाख ८४ हजार २०० कायम भएको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला रु ४ हजार ३१० निर्धारण गरिएको छ ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला रु २ लाख ८८ हजार ५०० र चाँदीको मूल्य रु ४ हजार ४४५ कायम भएको थियो ।

 

प्रकाशित मिति: मंगलबार, साउन १२, २०८३  १२:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update