RayNewsDaily
प्रवासी नेपालीलाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आह्वान
  • प्रवासी नेपालीलाई नेपालमा लगानी गर्न आग्रह ।
  • उद्योगमैत्री नीति र लगानीमैत्री वातावरणको दाबी ।
  • एनआरएनए बन्ड र अफसोर बन्डमार्फत लगानी आकर्षित गर्ने योजना ।

रे समाचार/काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासी नेपालीलाई मातृभूमिको आर्थिक विकासमा साझेदार बन्न नेपालमा लगानी गर्न आह्वान गर्नुभएको छ । अस्ट्रेलियामा रहेका नेपाली युवा उद्यमीसँग शनिबार भएको भर्चुअल छलफलमा उहाँले ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने सरकारको अवधारणामा विश्वस्त रहँदै देशको विकासमा सक्रिय भूमिका खेल्न आग्रह गर्नुभयो ।

उहाँले प्रवासी नेपालीलाई नेपालको सद्भावनादूतको संज्ञा दिँदै सरकारले आर्थिक पुनरुत्थानका लागि उद्योगमैत्री, कर तथा राजस्वसम्बन्धी नीतिहरू कार्यान्वयनमा ल्याएको बताउनुभयो । लगानीको प्रतिफल सहज रूपमा फिर्ता लैजान सकिने व्यवस्था भएकाले ढुक्क भएर नेपालमा लगानी गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

अर्थमन्त्री वाग्लेले एनआरएनए बन्ड, अफसोर बन्ड तथा वैकल्पिक वित्त परिचालनजस्ता अवधारणाहरू प्रवासी नेपालीको लगानी आकर्षित गर्ने उद्देश्यले अघि सारिएको उल्लेख गर्दै विदेशमा रहेका नेपालीको साथ र सहयोगले मुलुकको आर्थिक विकासले थप गति लिने विश्वास व्यक्त गर्नुभयो ।

 

प्रकाशित मिति: आइतबार, साउन १०, २०८३  ११:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update