RayNewsDaily
सुन तोलामा १,६०० र चाँदी ६० रुपैयाँले महँगियो
  • सुन प्रतितोला १,६०० रुपैयाँले महँगियो ।
  • चाँदीको मूल्य पनि ६० रुपैयाँले बढ्यो ।
  • अन्तर्राष्ट्रिय बजारमा पनि सुन उच्च मूल्यमा कारोबार ।

रे समाचार/काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँले बढेर २ लाख ८७ हजार १०० रुपैयाँ पुगेको छ । चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँले वृद्धि हुँदै ४ हजार ४१० रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८५ हजार ५०० रुपैयाँ र चाँदी ४ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । यसअघि बिहीबार सुनको मूल्य २ लाख ९१ हजार ३०० रुपैयाँ पुगेको थियो भने चाँदी ४ हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुन र चाँदीको मूल्य उच्च तहमा रहेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज सुन प्रतिऔँस ४ हजार ५२ अमेरिकी डलर र चाँदी ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

 

प्रकाशित मिति: आइतबार, साउन १०, २०८३  ११:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update