RayNewsDaily
शेयर बजारमा सामान्य सुधार, नेप्से ७.९० अंकले उकालो
  • नेप्से ७.९० अंकले बढेर २७३४.६३ विन्दुमा ।
  • कारोबार रकम ६ अर्ब २६ करोड रुपैयाँ नाघ्यो ।
  • एभरेष्ट कलर लगातार दोस्रो दिन सकारात्मक सर्किटमा ।

रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.९० अंकले बढेर २७३४.६३ विन्दुमा पुगेको छ । बजारमा सुधारसँगै कारोबार रकम पनि बढेको छ । बुधबार ४ अर्ब ६९ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ६ अर्ब २६ करोड ७२ लाख २६ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको हो ।

आज एभरेष्ट कलर लिमिटेडको शेयर लगातार दोस्रो दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार हुँदै ८४ रुपैयाँ ९० पैसा बढेर ६५१ रुपैयाँ १० पैसामा पुगेको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १४.५ प्रतिशतले बढ्दा सगरमाथा जलविद्युत्को शेयर पनि करिब ७ प्रतिशतले उकालो लागेको छ ।

कारोबार रकमका आधारमा रिडी पावर कम्पनी अग्रस्थानमा रह्यो । कम्पनीको ३० करोड ९३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब २७ करोड ५० लाख रुपैयाँ तथा कुमारी बैंकको २५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आज १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढ्दा ६ उपसमूह भने घटेका छन् ।

 

प्रकाशित मिति: शुक्रबार, साउन ८, २०८३  १५:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update