RayNewsDaily
छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी    

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले आर्थिक वर्ष २०८२/८३ मा २६ हजार ४४५ मुद्दा फैसला गर्न सकेन ।     
     
सो आर्थिक वर्षमा कुल ४६ हजार २७७ थान मुद्दा दर्ता भएकामध्ये १९ हजार ८३२ थान मुद्दा फैसला भएका थिए ।     
     
गत भदौ २४ गतेको जेनजी आन्दोलनका कारण अदालतमा रहेका मिसिलमा ठूलो क्षति पुग्न गएकाले मुद्दा फैसला गर्न ढिलाइ भएको जिल्ला अदालत काठमाडौँका प्रमुख न्यायाधीश चुडामणि खड्काले राससलाई जानकारी दिनुभयो ।     
     
दुई हजार २३० थान मुद्दा जलेकामा १९० थान मुद्दा फेला पार्न बाँकी रहेको छ । अदालतमा गत मङ्सिर १४ गतेबाट नियमति सुनुवाइ भएको थियो । रासस   

प्रकाशित मिति: मंगलबार, साउन ५, २०८३  १२:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update