- सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढ्यो ।
- चाँदीको भाउ पनि २५ रुपैयाँले वृद्धि ।
- छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ३०० रुपैयाँ कायम ।
रे समाचार/काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा सुन प्रतितोला ३०० रुपैयाँ र चाँदी प्रतितोला २५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ । चाँदीको मूल्य प्रतितोला चार हजार ५०५ रुपैयाँ कायम भएको छ ।
बुधबार छापावाल सुन प्रतितोला दुई लाख ९१ हजार रुपैयाँ र चाँदी प्रतितोला चार हजार ४८० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, मङ्गलबार सुन प्रतितोला दुई लाख ८५ हजार ६०० रुपैयाँ र चाँदी चार हजार ३७० रुपैयाँ रहेको थियो ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस चार हजार १३३ अमेरिकी डलर र चाँदी ५९ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
