RayNewsDaily
त्रिविको ६७औँ वार्षिकोत्सव : १८३ शिक्षक-कर्मचारी दीर्घसेवा पदकबाट सम्मानित
  • त्रिविको ६७औँ वार्षिकोत्सवमा १८३ शिक्षक-कर्मचारी दीर्घसेवा पदकबाट सम्मानित ।
  • २५ वर्ष सेवा गरेका १४२ शिक्षक र ४१ कर्मचारीलाई पदक प्रदान ।
  • उपकुलपतिले शिक्षा, अनुसन्धान र नवप्रवर्तनमा जोड दिन आग्रह ।

काठमाडौँ । मुलुकको जेठो र ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिकोत्सवका अवसरमा विभिन्न प्राध्यापक तथा कर्मचारीलाई आज दीर्घसेवा पदक वितरण गरिएको छ ।     
     
कीर्तिपुरस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उपकुलपति प्रा डा भेला थापाले सो पदक वितरण गर्नुभएको हो । विश्वविद्यलयमा २५ वर्षदेखि निरन्तर सेवा गर्ने शिक्षक कर्मचारीलाई सेवा अवधिमा एक पटक यस्तो पदक दिने गरिन्छ । कार्यक्रममा शिक्षकतर्फ १४२ र कर्मचारीतर्फ ४१ जनालाई पदक प्रदान गरिएको छ । सो अवसरमा त्रिवि सेवा आयोगका अध्यक्ष किशोर थापा, सिटेनका सदस्यहरूको उपस्थिति थियो ।     
     
उपकुलपति डा थापाले उत्कृष्ट शिक्षा, अनुसन्धान र नवप्रवर्तनमार्फत आफ्ना सम्भावनाहरू उजागर जानुपर्ने बताउँदै विज्ञ प्राध्यापक, कर्मचारी र अनुसन्धानकर्मीलगायत सबैको रचनात्मक सहयोगमा उपलब्ध समग्र सुधारका लागि आव्हान गर्नुभयो । रासस 
 

प्रकाशित मिति: बुधबार, साउन ६, २०८३  २०:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update