RayNewsDaily
शेयर बजारमा सामान्य वृद्धि

रे समाचार/काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम कारोबार दिन आज शेयर बजार मापक नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ७.५० अंक बढेर २५९७.८० विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । हिजो ४ अर्ब १७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब ५६ करोड २९ लाख ५० हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । 

आज एनआईबिएल ग्रोथ फण्डको इकाईमूल्य सर्वाधिक १४.९६ प्रतिशत बढेको छ । यसैगरी, फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे १४ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने चिरख्वा हाइड्रोपावरको शेयरमूल्य करिब साढे १४ प्रतिशतले बढेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य भने आज सर्वाधिक ८.७७ प्रतिशतले घटेको छ । 

कारोबार रकमका आधारमा आज सिंगटी हाइड्रो इनर्जी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज २४ करोड ७४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, २३ करोड रुपैयाँबराबरको सानिमा डिबेञ्चर किनबेच भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम साढे २२ करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज ९ वटा उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ । 

प्रकाशित मिति: बिहीबार, असार ३२, २०८३  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update