RayNewsDaily
न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा   

 

अकल्यान्ड । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले रक्षा सुरक्षासहित विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले शनिबाररणनीतिक साझेदारीघोषणा गरेका छन्     
    
न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई न्युजिल्यान्डको आदिवासी माओरी परम्पराअनुसार स्वागत गर्दै सम्मान गारद (गार्ड अफ अनर) प्रदान गर्नुभयो गत अप्रिलमा स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर भएपछि दुई देशबीचको सम्बन्ध विस्तारको प्रयास भइरहेका बेला लक्सनले उक्त सम्झौतालाई आर्थिक लाभको महत्वपूर्ण अवसरका रूपमा प्रस्तुत गर्नुभएको हो     
    
जुलाई देखि जुलाई ११ सम्मको मोदीको भ्रमण इन्डोनेसिया अस्ट्रेलियाको यात्रासहितको कार्यक्रमको अन्तिम चरण हो प्रशान्त क्षेत्रमा चीनको बढ्दो सैन्य गतिविधिबारे चिन्ता बढिरहेका बेला मोदीको न्युजिल्यान्ड भ्रमण भएको हो     
    
चालिस वर्षपछि कुनै भारतीय प्रधानमन्त्रीले गरेको यो पहिलो न्युजिल्यान्ड भ्रमण हो यसले प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावका बीच भारतको कूटनीतिक सक्रियतालाई पनि सङ्केत गरेको     
    
अकल्यान्डस्थित गभर्नमेन्ट हाउसमा मोदीको स्वागत गर्दै प्रधानमन्त्री लक्सनले भारतन्युजिल्यान्ड साझेदारीले सम्बन्धलाई नयाँ दिशा व्यापकता प्रदान गर्ने बताउनुभयो     
    
मोदीले दुई देशबीचको सम्बन्धलाईथप ऊर्जा आत्मविश्वास प्रदान गर्ने महत्वपूर्ण कोशेढुङ्गाको सङ्ज्ञा दिनुभयो उहाँले भन्नुभयो, “लोकतान्त्रिक मूल्यप्रतिको हाम्रो साझा प्रतिबद्धताले हामीलाई स्वाभाविक साझेदार बनाएको ”    
    
दुवै देशले जारी गरेको संयुक्त वक्तव्यमा रक्षा सहकार्य, नौसेना अभ्यास, व्यापार, कूटनीति, संस्कृति, खेलकुद विज्ञान तथा प्रविधिका क्षेत्रमा सहकार्य विस्तार गर्ने उल्लेख गरिएको     
    
दुवै नेतालेस्वतन्त्र, खुला, शान्तिपूर्ण समृद्ध इन्डोप्यासिफिक क्षेत्रनिर्माणमा साझा चासो रहेको बताएका छन्     
    
व्यापार सम्झौतामाथि बहस    
    
मोदीको भ्रमणका क्रममा अकल्यान्डस्थित स्पार्क एरेनामा भारतीय समुदायलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको न्युजिल्यान्डमा बसोबास गर्ने करिब तीन लाख भारतीय समुदायमध्ये हजारौँ सहभागी हुने अपेक्षा गरिएको     
    
यसअघि अस्ट्रेलियाको मेलबर्नमा भएको कार्यक्रममा करिब ३० हजार भारतीय समुदायका मानिस सहभागी भएका थिए     
    
नोभेम्बरमा हुने आमनिर्वाचनलाई लक्षित गर्दै प्रधानमन्त्री लक्सनले भारतसँगको स्वतन्त्र व्यापार सम्झौताबाट रोजगारी आर्थिक लाभ हुने बताउँदै आउनुभएको तर, उक्त सम्झौताका केही प्रावधान, विशेषगरी भारतीय विद्यार्थी कामदारका लागि आप्रवासन तथा भिसा सहज बनाउने विषयमा न्युजिल्यान्डभित्र आलोचना भइरहेको     
    
लक्सन नेतृत्वको गठबन्धनमा रहेकोन्युजिल्यान्ड फस्र्टपार्टीका केही सांसदले सम्झौताका प्रावधानप्रति असन्तुष्टि जनाएका छन्     
    
सरकारीमन्त्री शेन जोन्सले स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै सम्झौताबारे आफ्नो आपत्ति जनाउनुभएको थियो उहाँको भनाइलाई लिएर भारतीय समुदायका केही नेताले जातीय विभेदपूर्ण टिप्पणी भएको आरोप लगाएका छन्     
    
यसैबीच, न्युजिल्यान्डका विवादास्पद धार्मिक नेता ब्रायन तामाकीले मोदीको भ्रमणको विरोध गर्दै सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिनुभएको उहाँको टिप्पणीलाई न्युजिल्यान्डका जातीय सम्बन्ध आयुक्तले कडा आलोचना गर्दैअत्यन्त आपत्तिजनकभनेका छन्     
    
प्रधानमन्त्री लक्सनले भने मोदीको भ्रमणलाई दुई देशबीचको सम्बन्ध सुदृढ बनाउने अवसरका रूपमा प्रस्तुत गर्नुभएको     
    
यो भ्रमण न्युजिल्यान्ड भारतबीचको सफल साझेदारीको उत्सव हो, जसले दुवै देशका नागरिकका लागि समृद्धि सुरक्षामा योगदान पु¥याउनेछ”, उहाँले भन्नुभयो    एएफपी 

 

प्रकाशित मिति: शनिबार, असार २७, २०८३  २१:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update