RayNewsDaily
शेयर बजारमा आज पनि गिरावट

रे समाचार/काठमाडौं । शेयर बजार मापक नेप्से परिसूचकमा आज पनि गिरावट आएको छ । नेप्से परिसूचक आज १९.६७ अंक घटेर २६०१.९२ विन्दुमा झरेको छ । आज कारोबार रकम भने वृद्धि भएको छ । हिजो ४ अर्ब ८२ करोड रुपैयाँबराबरको शेयर कारोबार भएकोमा आज ४ अर्ब ६१ करोड १९ लाख ५४ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

आर्थिक वर्षको अन्त्य नजिकिँदै गर्दा धितोपत्र बजारमा ऋणपत्रको कारोबार बढ्न थालेको छ । पछिल्ला केही कारोबार दिनदेखि नेप्सेमा कारोबार रकमका आधारमा सर्वाधिक खरिदबिक्री हुने स्टकहरुको सूचीमा ऋणपत्रहरु शीर्ष स्थानमा रहेका छन् । सो क्रमले आज पनि निरन्तरता पाएको छ । कारोबार रकमका आधारमा आज ग्लोबल आइएमई बैंक लिमिटेड डिबेञ्चर शीर्ष स्थानमा रहेको छ । साढे ३५ करोड रुपैयाँबराबरको सो ऋणपत्र कारोबार भएको छ । यसैगरी, साढे २८ करोड रुपैयाँभन्दा बढीको एसबिएल डिबेञ्चर  किनबेच भएको छ भने करिब २१ करोड रुपैयाँबराबरको बिओके डिबेञ्चर खरिदबिक्री भएको छ । 

उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य आज सर्वाधिक १२.६८ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, स्नो रिभर्सको शेयरमूल्य साढे ११ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर ६ प्रतिशतभन्दा कम रहेको छ । बिओके डिबेञ्चरको मूल्य भने आज सर्वाधिक ८.६६ प्रतिशतले घटेको छ । आज १३ वटै उपसमूहको परिसूचक घटेको छ, जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.३६ प्रतिशतले घटेको छ ।
 

प्रकाशित मिति: बिहीबार, असार २५, २०८३  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update