RayNewsDaily
ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन   

काठमाण्डू । बितेका २४ घण्टामा दुई हजार १०२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् यसबाट राज्यकोषमा रु २१ लाख १० हजार ५१४ राजस्व दाखिला भएको     
    
 राससका अनुसार काठमाण्डू उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ८९, नियमविपरीतराइड सेयरिङगरेका १०८, सङ्केत बत्ती उल्लङ्घनकर्ता ९९ तीव्रगतिमा सवारीसाधन हुइँक्याएका ८३ जनालाई कारबाही गरिएको हो     
    
यसैगरी, ‘लेनअनुशासन पालना नगर्ने ५९, निषेधित क्षेत्रमा हर्न बजाउने १००, लागुपदार्थ सेवन गरी सवारीसाधन सञ्चालन गर्ने दुई, एकतर्फी सडकमा सवारीसाधन चलाउने ७८ अन्य सवारी नियम पालना नगरेका एक हजार ४८४ जनालाई कारबाही गरिएको हो     

प्रकाशित मिति: शनिबार, असार १३, २०८३  ०८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update