RayNewsDaily
शेयर बजारमा ५ अंकको गिरावट

रे समाचार/काठमाडौं । शेयर बजारमा आज सामान्य अंकको गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ५.०६ अंक घटेर २७००.४७ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो ३ अर्ब ६३ करोड रुपैयाँको शेयर खरिदबिक्री भएकोमा आज ३ अर्ब ४१ करोड ४८ लाख २३ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । 

आज दुई वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । एपोलो हाइड्रोपावर र सोपान फर्मास्यूटिकल्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य साढे १२ प्रतिशतले बढेको छ भने बुंगल हाइड्रोको शेयरमूल्य साढे ८ प्रतिशतले वृद्धि भएको छ । आज मूल्य घटेका स्टकहरुका गिरावटदर ६ प्रतिशतभन्दा कम रहेको छ । 

कारोबार रकमका आधारमा आज आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३१ करोड ९८ लाख ४७ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, युनाइटेड मोदी हाइड्रोपावरको २३ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने सिईडिबी होल्डिङ्गसको कारोबार रकम १४ करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज ५ उपसमूहको परिसूचक बढेको छ भने ८ वटा उपसमूहको परिसूचक घटेको छ । 
 

प्रकाशित मिति: बिहीबार, असार ४, २०८३  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update