RayNewsDaily
शेयर बजारमा गिरावट

रे समाचार/काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ । नेप्से परिसूचक आज १२.२६ अंक घटेर २७११.७६ विन्दुमा झरेको छ । नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत शुक्रबार ४ अर्ब ३४ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब ४१ करोड २० लाख ४८ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

आज पनि दुई वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सोपान फर्मास्यूटिकल्स र एपोलो हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, रावा इनर्जी डेभलपमेन्टको शेयरमूल्य ७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । मूल्य बढेका अन्य स्टकहरुको वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ । ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य भने आज सर्वाधिक ७.९४ प्रतिशतले घटेको छ । 

कारोबार रकमका आधारमा आज आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३८ करोड ८५ लाख ६ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, एनबिबिएल डिबेञ्चरको २७ करोड रुपैयाँभन्दा बढीको ऋणपत्र किनबेच भएको छ भने लक्ष्मी सनराइज बैंकको कारोबार रकम साढे २२ करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज एउटा उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ । 
 

प्रकाशित मिति: सोमबार, असार १, २०८३  १५:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update