RayNewsDaily
सुनको मूल्य तोलामा एक हजार दुई सयले बढ्यो    

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजार २०० ले बढेको छ ।     
     
गत शुक्रबार प्रतितोला रु दुई लाख ९२ हजारमा कारोबार भएको छापावाला सुनको मोल आज रु दुई लाख ९३ हजार २०० निर्धारण भएको छ ।     
     
चाँदीको मूल्य तोलामा रु ५५ ले बढेको छ । शुक्रबार प्रतितोला चाँदी रु चार हजार ८४० मा कारोबार भएको थियो । गत शुक्रबार रु चार हजार ८९५मा किनबेच भएको थियो ।     
     
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस चार हजार २१० अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस

प्रकाशित मिति: आइतबार, जेठ ३१, २०८३  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update