RayNewsDaily
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन   

काठमाण्डू । सभामुख डोलप्रसाद अर्याल राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा निर्माण गरिने प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन गर्नुभएको     
    
 उच्चस्तरीय अन्तर¬–व्यवस्थापिका सम्मेलनमा सहभागी हुन सुदूरपश्चिम प्रदेश पुग्नुभएका उहाँहरुले आज नेपालको आर्थिक विकासमा टेवा पुग्ने व्यापारिक पूर्वाधारको अवलोकन गर्नुभएको हो     
    
 त्यसक्रममा उपसभामुख रूबी कुमारी तथा राष्ट्रियसभाका उपाध्यक्ष लीलाकुमारी भण्डारीसमेत सहभागी हुनुहुन्थ्यो     
    
 उहाँहरुले धार्मिक, पर्यटकीय तथा आर्थिक दृष्टिले महत्वपूर्ण भक्केनी धाम, ब्रह्मदेव टनकपुर क्षेत्रको अवलोकन गर्नुभएको सभामुख अर्यालको स्वकीय सचिवालयले जनाएको     
    
  राससका अनुसार सभामुख अर्याल अध्यक्ष दाहालले महेन्द्रनगर विमानस्थल तथा शुक्लाफाँटा वन्यजन्तु आरक्षण क्षेत्रको अवलोकन गर्नुभयो त्यसक्रममा उहाँहरुले महेन्द्रनगर विमानस्थलको स्तरोन्नति तथा सेवा विस्तारका सम्भावनाबारे सरोकार भएकासँग छलफल गर्नुभयो     

प्रकाशित मिति: शनिबार, जेठ २३, २०८३  २१:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update