RayNewsDaily
शेयर बजारमा १३ अंकको गिरावट

रे समाचार/काठमाडौं । शेयर बजारमा आज गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज १३.४६ अंक घटेर २७६६.७८ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो ५ अर्ब ७३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब ७० करोड ३३ लाख २६ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । 

आज कालिञ्चोक हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य ८५ रुपैयाँ ९० पैसा बढर ६५८ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ । यसैगरी, न्यादी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । एसबिएल डिबेञ्चरको मूल्य भने आज सर्वाधिक १०.४८ प्रतिशतले घटेको छ । अन्य स्टकहरुको मूल्य गिरावटदर भने ५ प्रतिशतभन्दा कम रहेको छ । 

कारोबार रकमका आधारमा आज एभरेष्ट बैंकको अपरिवर्तिय ऋणपत्र शीर्ष स्थानमा रहेको छ । सो बैंकको ३४ करोड १ लाख रुपैयाँबराबरको ऋणपत्र कारोबार भएको छ । यसैगरी, आँखु खोला जलविद्युत् कम्पनी ३२ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने सेन्ट्रल फाइनान्सको कारोबार रकम साढे १८ करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज एउटा उपसमूहबाहेक सबै उपसमूहको परिसूचक घटेको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ २१, २०८३  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update