RayNewsDaily
माछापुच्छ्रे गाउँपालिकाद्वारा उत्कृष्ट छात्रा सम्मानित 

कास्की  कास्कीको माछापुच्छ्रे गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०८२ मा सामुदायिक विद्यालयतर्फबाट पहिलो पटक चार जिपिए ल्याउने छात्रालाई नगदसहित सम्मान गरेको     
    
 गाउँपालिकाले शुक्रबार आयोजित कार्यक्रममा सार्दिखोलास्थित माछापुच्छ« माध्यमिक विद्यालयकी छात्रा शोभा गौतमलाई रु ५० हजार नगद सम्मानपत्र प्रदान गरेको हो गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमध्ये पहिलो पटक चार जिपिए ल्याउने विद्यार्थीका रूपमा गौतमले यो सफलता हासिल गर्नुभएको हो गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङ प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले उहाँलाई संयुक्त रूपमा सम्मान गर्नुभयो     
    
राससका अनुसार  सम्मानपछि छात्रा गौतमले आफ्नो सफलतामा व्यक्तिगत मेहनत, शिक्षकहरूको मार्गदर्शन, परिवारको साथ तथा गाउँपालिकाको प्रोत्साहनको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो निरन्तर परिश्रम, अनुशासन सकारात्मक वातावरणले सफलता सम्भव हुन्छ भन्ने अनुभव प्राप्त गरेको उहाँको भनाइ थियो गाउँपालिकाका अध्यक्ष गुरुङले गाउँपालिकाबाट एसइइमा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई आगामी वर्षहरूमा पनि नगदसहित सम्मान गर्ने बताउनुभयो     

 

 

प्रकाशित मिति: शनिबार, जेठ १६, २०८३  ०८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update