RayNewsDaily
नवनियुक्त प्रधानमन्त्री शाहलाई चीनको बधाइ   

काठमाण्डू । नवनियुक्त प्रधानमन्त्री वालेन्द्र शाहलाई चीनले बधाई दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नियमित पत्रकार सम्मेलनमा आज चीनका तर्फबाट प्रधानमन्त्री शाहलाई बधाई दिनुभयो ।

साथै उहाँले परम्परागत मित्र र छिमेकीका रूपमा, चीनले सधैं नेपाललाई आफ्नो स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डता जोगाउन, साथै एकता, स्थायित्व, विकास र समृद्धि हासिल गर्न सहयोग गर्दै आएको उल्लेख गर्नुभयो । रासस

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२  २३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update