RayNewsDaily
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ    

काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको नवनिर्मित बहुउद्देश्यीय हलमा आज आयोजित समारोहमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले उहाँहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । ज्येष्ठ सदस्य केसीले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।     
     
नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ ।     
     
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८२, नेपाली कांग्रेसले ३८, नेकपा (एमाले)ले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीेले सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सिट प्राप्त गरेका छन् । 

Arjun-sapath-1774515646.jpgप्रतिनिधिसभाका नव निर्वाचित सदस्यहरूलाई सिंहदरबारस्थित नवनिर्मित सङ्घीय संसद भवनमा बिहीबार पद तथा गोपनियताको सपथ गराउनुहुँदै प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी। तस्बिर : रत्न श्रेष्ठ/रासस

samsad-sapath-1774516283.jpgसिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद भवनको बहुउद्देश्यीय सभाकक्षमा बिहीबार पद तथा गोपनियताको सपथ ग्रहण गर्नुहुँदै प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरू । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको सपथ गराउनुभएको हो। तस्बिर : रत्न श्रेष्ठ/रासस

Samsad-sapath2-1774516481.jpg

सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद भवनको बहुउद्देश्यीय सभाकक्षमा बिहीबार पद तथा गोपनियताको सपथ ग्रहणमा सहभागी प्रतिनिधिसभाका नव निर्वाचित सदस्यहरू । तस्बिर : रत्न श्रेष्ठ/रासस

 

Balen-parliament-1774515795.jpgप्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको सपथ लिने क्रममा बिहीबार सिंहदरबारस्थित सङ्घीय संसद भवन परिसरमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह। तस्बिरः नवीन पौडेल/रासस

Prachanda-parliament-sapath-1774516098.jpg

प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको सपथ लिने क्रममा बिहीबार सिंहदरबारस्थित सङ्घीय संसद भवन परिसरमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' । तस्बिर : नवीन पौडेल/रासस

Harka_Sampang_parliament-1774517638.jpgप्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको सपथ लिने क्रममा बिहीबार सिंहदरबारस्थित सङ्घीय संसद भवन परिसरमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राई । 

Gyanendra-Shahi-sapath-1774515972.jpg
सिंहदरबारस्थित सङ्घीय संसद् भवन परिसरमा बिहीबार नवनिर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाही । तस्बिरः नवीन पौडेल/रासस

 
प्रकाशित मिति: बिहीबार, चैत १२, २०८२  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update