RayNewsDaily
निर्वाचन सम्पन्न भएकामा चीनको बधाई   

काठमाण्डू । चीन सरकारले नेपालमा सङ्घीय संसद् निर्वाचन सम्पन्न भएकामा बधाई ज्ञापन गरेको छ ।    
    
चिनियाँ पक्षले एक सन्देशमार्फत प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि बधाई दिएको छ ।    
    
चीनले नेपालसँगको परम्परागत मित्रतालाई अगाडि बढाउँदै व्यावहारिक सहयोगलाई सघन बनाउने र द्विपक्षीय सम्बन्धलाई अघि बढाउन सहकार्य गर्न तयार रहेको जनाएको छ । रासस   
 

प्रकाशित मिति: शनिबार, चैत ७, २०८२  १२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update