काठमाण्डू-१० मा रास्वपाका विष्ट अगाडि
काठमाण्डू । त्रिभुवन विश्वविद्यालय स्मृति भवनमा काठमाण्डू निर्वाचन क्षेत्र नं १० को मत गणना भइरहेको छ । पछिल्ला मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले फराकिलो अग्रता लिनुभएको छ ।
हालसम्म गणना भएका ६ हजार ४२० मतमध्ये विष्टले ४ हजार २३४ प्राप्त गर्नु भएको छ भने नेपाली कांग्रेसका हिमाल कार्कीले ८१५ र राप्रपाका बलराम थापाले ५५७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिनुभयो ।
अहिले दक्षिणकाली नगरपालिका क्षेत्रको मत गणना जारी छ । रासस
प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२ ०९:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
