RayNewsDaily
देशका विभिन्न स्थानमा मतगणना सुरु, अधिकांश स्थानमा रास्वपाको अग्रता

रे समाचार/काठमाण्डू । प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भए लगत्तै देशका विभिन्न स्थानमा मतगणना सुरु भएको छ । मतगणनाको प्रारम्भिक नतिजाले अधिकांश स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता देखिएको छ । 
 
निर्वाचन आयोगबाट प्राप्त पछिल्लो जानकारी अनुसार रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले १९ वटा निर्वाचन क्षेत्रमा अग्रता लिईरहेको छ । नेपाली कांग्रेसले ३ र नेकपा एमालेले २ वटा स्थानमा मात्र अग्रता लिन सफल भएका छन् । 


चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरे भन्दा अघि हुनुहुन्छ । पछिल्लो मत परिणाम अनुसार रविले १ हजार १ सय ५८ मत प्राप्त गर्नुभएको छ भने एमालेका अस्मिनले ९०८ मत प्राप्त गर्नुभएको छ । 

चितवन ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोविताको अग्रता रहेको छ भने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रेणु दाहाल दोस्रो स्थानमा हुनुहुन्छ । मतगणनाको प्रारम्भिक नतिजाअनुसार सोविताले ९ सय २५ मत प्राप्त गर्नुभएको छ भने दाहालले ६ सय ७९ मत प्राप्त गर्नुभएको छ । 
 

 

 

प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२  ०५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update