मोरङमा पाँच लाख पाँच हजार जनाले मतदान गरे
मोरङ । मोरङका छवटा निर्वाचन क्षेत्रमा कूल ५ लाख ५ हजार ५१४ अर्थात् ६४ दशमलव ५६ प्रतिशतले मतदान गरेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले दुई लाख ४३ हजार ३१६ पुरुष, दुई लाख ६२ हजार १९६ महिला र अन्य दुई जना गरी ५ लाख ५ हजार ५१४ ले मतदान गरेका हुन् ।
मोरङको क्षेत्र नं १ मा ६० दशमलव ३६, क्षेत्र नं २ मा ६२ दशमलव ९७, क्षेत्र नं ३ मा ६१ दशमलव १७, क्षेत्र नं ४ मा ६७ दशमलव १५, क्षेत्र नं ५ मा ७१ दशमलव २८ र क्षेत्र नं ६ मा ६६ दशमलव ५६ प्रतिशत मतदाताले मतदान गरेका छन् ।
जिल्लामा सात लाख ८३ हजार ५० मतदाता छन् । यहाँ आठ सय ८८ मतदान केन्द्र कायम गरिएको थियो ।
प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२ २२:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
