RayNewsDaily
धनुषा-१ का रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेज    
किशोरी साह ‘कमल’ । फाइल फोटो

काठमाडौँ । निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका एक उम्मेदवारको उम्मेदवारी खारेज गरेको छ ।     
     
धनुषा जिल्ला निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिनुभएका किशोरी साह ‘कमल’ को उम्मेदवारी आयोगले खारेज गरेको हो । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ को खण्ड (ज) बमोजिम साहको उम्मेदवारी अयोग्य रहेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिनुभयो ।     
     
निर्वाचन आयोग ऐन, २०७३ को दफा ९ को उपदफा (५) बमोजिम साहको उम्मेदवारी खारेज भएको प्रवक्ता जिसीले बताउनुभयो । रासस

642368361_801153416368084_867371559108404671_n_dELsmJIFTK-1772534834.jpg
 

प्रकाशित मिति: मंगलबार, फागुन १९, २०८२  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update