इरानको आक्रमण : दुबईमा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो
काठमाण्डू । संयुक्त अरब इमिरेट्सको अबधाबीमा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको छ । यूएईको पराराष्ट्र मन्त्रालयले दिवसको निधन भएको आधिकारिक जानकारी दिएको दूतावासको विज्ञप्तिमा उल्लेख छ ।
अबुधाबीस्थित नेपाली दूतावासका अनुसार विमानस्थलमा सेक्युरिटी गार्डको रुपमा मिडल इस्ट कम्पनीमा कार्यरत दिवस श्रेष्ठको ज्यान गएको हो । उहाँ ड्रोन निष्क्रिय पार्ने क्रममा घटनामा पर्नुभएको दूतावासले जनाएको छ ।
गोर्खा घर हुनुभएका २९ वर्षीय दिवसको निधनप्रति दूतावासले गहिरो दुःख व्यक्त गरेको छ ।गोरखापत्र अनलाइन
प्रकाशित मिति: सोमबार, फागुन १८, २०८२ २१:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
