RayNewsDaily
डिजिटल प्रबिधिबाट निर्वाचन परिणाम सार्वजनिक गरिने   

तुलसीपुर(दाङ आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनको परिणामलाई लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले डिजिटल प्रबिधिबाट सार्वजनिक गर्ने भएको     
    
विगतमा स्पिकरको माध्यमबाट मतपरिणाम सार्वजनिक गर्ने गरिएको भएपनि यस बर्षदेखि डिस्प्ले बोर्ड राखेर मतपरिणाम सार्वजनिक गर्ने गरि तयारी गरेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताउनुभयो उहाँका अनुसार डिस्प्ले बोर्ड वेभसाईड मार्फत सार्वजनिक गर्ने तयारी रहेकोछ यसले गर्दा एकद्वार प्रणालीबाट नतिजा सार्वजनिक हुने विश्वसनिय हुने सूचना अधिकारी कुँवरले बताउनुभयो     
    
कति लटमा सार्वजनिक गर्ने भन्ने खालको निर्णय गरेर सोही अनुसार दाङका तीन वटै निर्वाचन क्षेत्रको मतपरिणाम डिजिटल माध्यमबाट सार्वजनिक गर्ने तयारी रहेको उहाँका अनुसार प्रदेश भरकै जिल्लाबाट तयारी गर्ने योजना समेत रहेकोछ त्यो सम्भव नभएपनि दाङमा भने यो अभ्यास गर्ने उहाँले बताउनुभयो  रासस   

 

प्रकाशित मिति: शनिबार, फागुन १६, २०८२  ०८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update