RayNewsDaily
परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको भेट    

काठमाडौँ । परराष्ट्रमन्त्री बालानन्द शर्मासँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज शिष्टाचार भेट गर्नुभएको छ ।     
     
मन्त्री शर्माको कार्यकक्षमा भएको उक्त भेटमा नेपाल-चीन सम्बन्धका साथै आपसी हित र सहयोगका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।     
     
आजै मन्त्री शर्मासँग नेपालका लागि मालदिभ्सका गैरआवासीय राजदूत आइशात अजिमाले पनि शिष्टाचार भेट गर्नुभएको छ । त्यस अवसरमा उहाँहरूबीच द्विदेशीय सम्बन्धका विविध पक्षबारे विचारविमर्श भएको थियो ।     
     
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मङ्गलबार उहाँहरुले आ-आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको थियो । रासस

प्रकाशित मिति: बुधबार, फागुन १३, २०८२  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update