RayNewsDaily
निर्वाचनका बेला तीन दिन सार्वजनिक बिदा     

काठमाडौँ । सरकारले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।     
     
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।     
     
निर्वाचन आयोगको सिफारिसअनुसार सरकारले तीन दिन बिदा दिने निर्णय गरेको हो । रासस

प्रकाशित मिति: मंगलबार, फागुन १२, २०८२  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update