RayNewsDaily
बस दुर्घटनामा ७ जना घाइते    

तुलसीपुर (दाङ) । दाङमा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । लमहीदेखि घोराहीतर्फ आउँदै गरेको लु २ ख ३२७७ नम्बरको बस आज दुर्घटना हुँदा चार पुरुष र तीन महिला घाइते भएका हुन् ।     
     
दाङ घोराही उपमहानगरपालिका-३ चिसापानी मसोट नजिक बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताउनुभयो । घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । रासस

प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२  १३:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update