RayNewsDaily
कम्युनिष्ट एकता एमालेसहितको एकतामा पुग्ने अध्यक्ष दाहालको विश्वास

काठमाण्डू । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट एकता एमालेसहितको बृहत् एकतामा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

यहाँ आज आयोजित कार्यक्रममा नेकपा (एमाले) पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्नुभएका कीर्तिपुर नगरपालिकाका पूर्व प्रमुख रमेश महर्जन र वडा नं ६ का पूर्ववडाअध्यक्ष नुच्छे मर्हजनलाई पार्टीमा स्वागत गर्दै संयोजक दाहालले राष्ट्रवादी शक्तिहरूबीचको सहकार्यले देशको राजनीतिमा सकारात्मक सन्देश जाने धारणा राख्नुभयो ।

पार्टी प्रवेश गरेका पूर्वप्रमुख महर्जनले नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट कीर्तिपुर–१० मा तारा चिह्नबाट उम्मेदवार रहनुभएकी रुपा मर्हजनलाई विजयी गराउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो ।

पूर्वनगरप्रमुख र पूर्ववडाअध्यक्षलाई नेकपाका नेता बामदेव गौतमलगायतका नेताहरूले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्वागत गर्दै पार्टी प्रवेश गराउनुभएको हो । रासस

प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२  २०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update