देशका समस्या समाधान गर्न निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले देशलाई निकास दिन आगामी निर्वाचनको सफलताका लागि सक्रियतापूर्वक भाग लिन सबैलाई आग्रह गर्नुभएको छ ।
पूर्वी पहाडी जिल्लाको भ्रमणका क्रममा ताप्लेजुङको पाथीभरामा स्थानीयसँग अन्तरक्रिया गर्दै आज उहाँले शान्तिपूर्ण रूपमा निर्वाचन सफल बनाउन सबैको योगदान हुनुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री कार्कीले फुङ्लिङमा मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका जिल्ला प्रमुखसँग पनि निर्वाचन तयारी र सुरक्षाबारे छलफल गर्नुभएको उहाँका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिनुभयो ।
प्रधानमन्त्री कार्कीले पाथीभरा मन्दिरको दर्शन पनि गर्नुभएको थियो । रासस
प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२ १३:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
