RayNewsDaily
गोरखाको लाप्राकवासीले गरे ‘मकै विवाह’   

गोरखा  जिल्लाको धार्चे गाउँपालिका लाप्राकका किसानले कृष्ण प्रतिपदाको तिथिमा लगन जुराएर शुक्रबार प्रमुख बाली मकैको धुमधामले विवाह सम्पन्न गरेका छन्     
    
बिहे नगरी मकै रोप्नुहुन्न भन्ने धार्मिक, सांस्कृतिक मान्यताअनुसार लाप्राकीले शुक्रबार मकै बिहे गरेका हुन् मकैको बिहे गरेपछि अब बल्ल बारीमा रोप्ने काम सुरु हुन्छ”, स्थानीय मार्सिङ गुरुङले भन्नुभयो, “यसपालि माघ शुक्ल पूर्णिमामा गाउँमा सिमेभुमे पूजा भयो त्यसलगत्तै लगन छोपेर आज मकैको बिहे गरेका हौैँ ”    
    
उहाँका अनुसार आज लाप्राकका गाउँले नै उर्लिएर धुमधामका साथ विवाह सम्पन्न गरेका हुन् गाउँले सबै मकैको जन्ती गए, मकैको भोज भतेर खाए, नाचगान गरे उत्तरी गोरखाको धार्चे गाउँपालिकाभित्रका लाप्राक, गुम्दा, सिङ्ला, उहिया, खोर्ला, लप्सीबोट, यमगाउँ, खानीगाउँ, लापुलगायत गाउँमा परापूर्वकालदेखि मकै विवाह गर्ने चलन अरु गाउँमा अनुकूलको लगन पारेर मकै बिहे सम्पन्न गर्दैछन्     
    
प्रकृति पूजक यहाँका बोन धर्माटलम्बीहरू मकैको बिहे गरेपछि मात्र मुख्य बालीको रूपमा रहेको मकैखेती लगाउन सुरु गर्छन् मकैको उब्जनी राम्रो होओस्, असिना पानीले नष्ट नगरोस्, रोग नफैलियोस् भनेर यहाँ मकैको बिहे गर्ने गरेको अर्का स्थानीय राम गुरुङ बताउनुहुन्छ     
    
ज्योतिषीले निकालेको साइतअनुसार विवाहको अघिल्लो दिन केही घोगा मकै जमिनमा गाडेर राखिन्छ विवाहका दिन बिहानैदेखि गाउँभरिका मानिस लाप्राकको ठूलो आँगनमा जम्मा हुन्छन् अनि सिङ्गारेर एकजना बालकलाई डोलीमा राखेर ढ्याङ्ग्रो, मादल झ्यालीलगायत बाजागाजासहित जन्ती जाने गर्छन् ठूलो आँगनबाट मनिडाँडा हुँदै केहीपर जङ्गलमा बेहुली घरका रूपमा बनाएको अर्काको सानो झुप्रोमा कन्या राखेको ठाउँमा जन्ती पुग्छ     
    
जन्तीले ती कन्यालाई लिएर पुनः बाजागाजासहित लाप्राक गाउँको परिक्रमा गर्छन् जन्ती जाँदा आफ्नो घरबाट लगेको एकएक घोगा मकै एकै ठाउँमा थुप्रो लगाइन्छ त्यो मकैलाई सुनपानी, गोबर तीतेपातीले चोख्याउने चलन यही मकैलाई अरु बीउमा मिसाएर गाउँका सबै किसानले बारीमा मकै रोपिने लाप्राकका बिसबहादुर गुरुङ बताउनुहुन्छ     
    
बेलुका फेरि ठूलोआँगनमा पुगी नाचगान गरी भुटेको मकैको भोज खाएपछि साँझ घाटु नाचसँगै मकै बिहे समापन हुने गुरुङले बताउनुभयो यो पुरानो परम्परा हो, यसरी मकैको बिहे गरेपछि बल्ल मकै लगाउन सुरु हुन्छ बिहे नगरी मकै लगाउँदा अशुभ हुन्छ भन्ने मान्यता ”, स्थानीय मार्सिङ गुरुङले भन्नुभयो लाप्राकवासीले हरेक वर्ष माघको अन्तिम तथा फागुन महिनाको पहिलो हप्ताभित्र मकैको विवाह सम्पन्न गर्ने गरेको उहाँले बताउनुभयो धार्चे गाउँपालिकाले मकै बिहेलाई प्रवर्द्धन गर्न वृत्तचित्र बनाएको   रासस  

 

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२  २१:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update