RayNewsDaily
राष्ट्रपति पौडेलसँग जापानका विदेश राज्यमन्त्रीको भेटवार्ता   

काठमाण्डू । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालजापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव द्विपक्षीय सम्बन्धको एक कोशेढुङ्गा भएको बताउनुभएको     
    
 उहाँले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापान एक महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदार रहेको नेपालको विकास प्रक्रियामा जापानले महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको जापानको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेलसँग जापानका विदेश राज्यमन्त्री होरी इवाओले आज यहाँ गर्नुभएको शिष्टाचार भेटका अवसरमा राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो     
    
 “जापानले नेपाललाई द्विपक्षीय अनुदान ऋण, बहुपक्षीय सहायता तथा प्राविधिक सहयोग गर्दै आएको जस्ले मानव संसाधन विकास, स्वास्थ्य, कृषि तथा पूर्वाधार विकास, वातावरण संरक्षण, संस्कृति जगेर्नाका क्षेत्रमा उल्लेख्य भूमिका खेलेको , यी क्षेत्रहरुमा जापानको अनुभव, ज्ञान, सीप प्रविधिबाट हामी अझै लाभान्वित हुन चाहन्छौँ”, भेटमा राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो     
    
 नेपाल सन् २०२६ मा अति कम विकसित राष्ट्रहरूको श्रेणीबाट स्तरोन्नतिका क्रममा रहेको यसमा नेपालले सदाझैँ जापानबाट सद्भाव सहयोग प्राप्त गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो     
    
 “नेपालको विकास प्राथमिकताका क्षेत्रमा जापानी लगानी आकर्षित गर्ने ठूलो सम्भावना , हामीले नेपालमा व्यापार सहज बनाउन, विदेशी लगानी आकर्षित गर्न नवप्रवर्तनलाई प्रवद्र्धन गर्न कानुनी, प्रक्रियागत संस्थागत सुधार गरिसकेका छौँ”, राष्ट्रपति पौडेलले भन्नुभयो     
    
 सांस्कृतिक रुपमा दुई मुलुक गौतम बुद्धको शिक्षाबाट प्रेरित रहेको तथा बुद्धको जन्मस्थल लुम्बिनीले नेपाल जापानका जनताबीच बलियो पुलको काम गरेको सन्दर्भ उल्लेख गर्दै उहाँले लुम्बिनीको विकासमा जापानले पु¥याएको सहयोगप्रति आभार प्रकट गर्नुभयो जापानको सामाजिकआर्थिक क्षेत्रमा आप्रवासी नेपाली समुदायको योगदानले द्विपक्षीय सम्बन्धलाई कुनै कुनै रुपमा बलियो बनाउन मद्दत पु¥याएको उहाँको भनाइ थियो     
    
 सो अवसरमा जापानका विदेश राज्यमन्त्री इवाओले गत भदौ २३ २४ गते नेपालमा भएको प्रदर्शनीपछि संविधान लोकतन्त्रको रक्षाका लागि राष्ट्रपति पौडेलले खेल्नुभएको भूमिकाप्रति देशबाहिर पनि अत्यन्त प्रशंसा भएको बताउँदै शान्ति, स्थायित्व लोकतन्त्रको सुदृढीकरणका लागि जापानले सधैँ सहयोग गर्ने बताउनुभएको थियो     
    
 जापानी राज्यमन्त्रीले नेपालको शान्ति समृद्धि भनेको यो क्षेत्रकै शान्ति विकास भएको उल्लेख गर्दै दिगो शान्ति स्थायित्वका लागि आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न होस् भन्ने जापानको अपेक्षा रहेको बताउनुभएको थियो     
    
 यसैगरी उहाँले नेपालको विकासमा जापानका तर्फबाट निरन्तर सहयोग हुने विश्वास दिलाउँदै बाढीबाट क्षतिग्रस्त काठमाडौँसिन्धुली सडकको पुनर्निर्माण काठमाडौँकोटेश्वरको सवारी व्यवस्थापन गर्न आवश्यकअन्डर पासनिर्माण गर्ने निर्णय गरिसकेको पनि जानकारी दिनुभएको थियो     
    
 राससका अनुसार नेपाल जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल, प्रथम महिला सबिता पौडलसहितको नेपाली प्रतिनिधिमण्डल अहिले यहाँ उच्चस्तरीय भेटघाटमा व्यस्त चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति पौडेल आइतबार राति त्यसतर्फ प्रस्थान गर्नुभएको हो     

प्रकाशित मिति: सोमबार, माघ १९, २०८२  १९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update