RayNewsDaily
राष्ट्रिय सभा निर्वाचनः बागमती प्रदेशबाट कांग्रेसकी देवकोटा र एमालेका दङ्गाल विजयी   

मकवानपुर ।  राष्ट्रिय सभाको आज भएको निर्वाचनमा बागमती प्रदेशबाट महिलातर्फ नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । कांग्रेस उम्मेदवार गीता देवकोटा र एमाले उम्मेदवार प्रेमप्रसाद दङ्गाल विजयी हुनुभएको छ ।    
    
 कांग्रेसकी देवकोटाले ६ हजार २३९ मतभार प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की सरोजकुमारी झाले दुई हजार ५२२ मतभार प्राप्त गर्नुभयो । नेपाल मजदुर किसान पार्टीकी कविता महर्जनले १९७ मतभार प्राप्त गर्नुभयो ।        
यसैगरी नेपाली कांग्रेस र नेकपा (एमाले) का गठबन्धनका साझा उम्मेदवार एमालेका प्रेमप्रसाद दङ्गालले ६ हजार २०५ मतभार प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपाका प्रेमप्रसाद सापकोटाले दुई हजार ५४१ मतभार तथा नेपाल मजदुर किसान पार्टीका विक्रम ढुकुछुले १९७ मतभार प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिनुभयो । रासस   
 

प्रकाशित मिति: आइतबार, माघ ११, २०८२  २१:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update