सहिद शुक्रराज शास्त्रीप्रति श्रद्धाञ्जलि
काठमाण्डू । सहिद सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीले प्रजातन्त्र स्थापनाका लागि प्राण उत्सर्ग गर्नुभएको स्थान टेकुमा स्मृतिसभा आयोजना गरिएको छ ।
काठमाण्डू महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोललगायत महानगरपालिकाका पदाधिकारी एवं स्थानीयले सहिद शास्त्रीको प्रतीमामा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।
त्यस अवसरमा कावा प्रमुख डङ्गोलले सहिद शास्त्रीको योगदानको चर्चा गर्नुभएको थियो । “बोल्नै नपाइने त्यो समयको सङ्घर्षले स्वतन्त्र भएर बोल्ने व्यवस्था दियो, हामी सहिदहरुप्रति आभारी छौँ”, सभामा वडा नं १२ का सदस्य पुष्परत्न प्रजापतिले भन्नुभयो ।
प्रकाशित मिति: शनिबार, माघ १०, २०८२ २१:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
