RayNewsDaily
भक्तपुर क्षेत्र नं १ मा २५ र क्षेत्र नं २ मा ३२ जनाको जम्मेदवारी दर्ता   

भक्तपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवाल र क्षेत्र नं २ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सचिव महेश बस्नेतले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यहाँ निर्वाचन क्षेत्र नं १ बाट विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २५ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ भने क्षेत्र नं २ बाट राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी ३२ जनाले उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यहाँ नेकपा (एमाले) बाट सोम मिश्र, नेपाली कांग्रेसबाट किरण न्यौपाने, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुकेश रञ्जित, नेपाली कम्युनिष्ट पार्टीबाट हरिराम लवजु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भरतबहादुर खड्काले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

त्यसैगरी उज्यालो नेपाल पार्टीबाट रमेश बल्ल, आम जनता पाटीबाट देवेन्द्र ठाकुर, राष्ट्रिय जनमोर्चाबाट ईश्वरीप्रसाद पैयानी, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट श्यामसुन्दर शिल्पकार, नेकपा (माओवादी) बाट चन्द्रमान कोजु, मितेरी पाटी नेपालबाट सावित्री न्यौपाने, नेपालका लागि नेपाली पाटीबाट दीपक पोखरेलले उम्मेदवारी दिनुभएको छ ।

यस्तै, स्वतन्त्र उम्मेदवारी दिनेमा सुजिता बुढाथोकी, विष्णुराम दुमरु, राजेश्वरी प्रजापति, सुदिप न्यौपाने, पुण्यराम सुवाल, राजु श्रेष्ठ, दशरथ थापा, सुरेश कोजु, बालकृष्ण खाइतु रहेका छन् ।

निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले) का केन्द्रीय सचिव महेश बस्नेत र नेपाली कांग्रेसबाट कबिर राणाले उम्मेदवारी दर्ता गराउनुभएको छ । यहाँ नेपाली कम्युनिष्ट पार्टीबाट रामप्रसाद सापकोटा, उज्यालो नेपाल पार्टीबाट जितराम लामा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजीव खत्री, नेपाल मजदुर किसान पार्टीबाट रमेश वैद्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विक्रम थापा, श्रम संस्कृति पार्टीबाट अर्जुन वासु, त्रीमुल नेपालबाट राकेश श्रेष्ठले उम्मेदवारी दिनुभभएको छ ।

यसैगरी नेपाल जनसेवा पार्टीबाट जानुका पाठक, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट जन्मदेव जैसी, नेपाल कम्युनिस्ट पाटी संयुक्त लोककृष्ण दाहाल, जनता समाजवादी पार्टी नेपालबाट नवीन श्रेष्ठ, नेकपा (माओवादी) बाट प्रकाशराज ढुङ्गेल, मङगोल नेशनल अर्गनाइजेसनबाट पेम्वा घले, नेपालका लागि नेपाली पार्टीबाट राजेश बाडेले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

राससका अनुसार यहाँ आनन्द कार्की, मधुप्रकाश साहुखल, श्यामकृष्ण धुख्वा, लक्ष्मी बाँस्तोला पौडेल, बालकृष्ण थापा, ओमकृष्ण कुटु, नवीनकुमार महत, साजन ढकाल, सुवर्ण थापा, रेणु श्रेष्ठ, अर्चना भट्टराई, अनिता भट्टराई, सविन महत, प्रदिपकुमार रूपाखेतीले स्वतन्त्र उम्मेदवारी दर्ता गर्नु भएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  २२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update