RayNewsDaily
कांग्रेस नेता डा. कोइरालाद्वारा मोरङ क्षेत्र नं ६ मा उम्मेदवारी दर्ता   

मोरङ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङ क्षेत्र नं ६ मा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उम्मेदवारी दर्ता गर्नुभएको छ ।        

उहाँले मुख्य जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा आज उम्मेदवारी दिनुभएको हो । उहाँसँगै यहाँ विभिन्न राजनीतिक दल एवं स्वतन्त्र गरी २० जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।    
    
यहाँ नेकपा (एमाले) बाट विनोदप्रसाद ढकाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुविना आचार्य, नेपाली कम्युनिष्ट पार्टीबाट ओपेन्द्रकुमार राय, राष्ट्रिय प्रजातन्त्र पार्टीवाट सविन निरौलालगायतले मनोनयन पत्र दर्ता गराउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।    

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  २२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update