RayNewsDaily
कहाँकहाँ स्थापना भए काठमाण्डूका निर्वाचन कार्यालय   

काठमाण्डू । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाण्डूका विभिन्न स्थानमा निर्वाचन कार्यालय स्थापना गरी आवश्यक कामकारबाही सञ्चालन भएका छन् ।    
    
 जिल्ला निर्वाचन कार्यालय काठमाण्डूका अनुसार काठमाण्डूका १० वटै निर्वाचन क्षेत्रमा स्थापना भएका कार्यालयमा आज उम्मेदवारले मनोनयन पत्र दर्ता गराउने कार्यक्रम छ ।    
    
कार्यालयका अनुसारकाठमाण्डू क्षेत्र नं १ को कार्यालय सहकारी प्रशिक्षण केन्द्र नयाँ बानेश्वरमा निर्धारण गरिएको छ । क्षेत्र नं २ को कागेश्वरी मनोहरा नगरपालिकाको नगर भवनमा कार्यालय स्थापना गरिएको छ ।    
    
काठमाण्डू क्षेत्र नं ३ को गोकर्णेश्वर नगरपालिकको वडा नं ४ को कार्यालय, क्षेत्र नं ४ को बूढानीलकण्ठ नगरपालिकाको ज्येष्ठ नागरिक समाज भवन चपलीका निर्वाचन कार्यालय स्थापना गरिएको छ ।    
   

यस्तै, काठमाण्डू क्षेत्र नं ५ का लागि टोखा नगरपालिकाको श्री समाज भवन, काठमाण्डू क्षेत्र नं ६ को तारकेश्वर नगरपालिकाको भवन धर्मस्थलीका कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।    
    
काठमाण्डू क्षेत्र नं ७ का लागि बहुउद्देश्यीय मार्सल आर्टस् केन्द्र जुडोहल खुसिबु बालाजस, क्षेत्र नं ८ को नागाजुर्न नगरपालिकाको नगरपालिका भवन, क्षेत्र नं ९ को चन्द्रागिरि नगरपालिकाको भवनमा कार्यालय स्थापना गरिएको छ ।    
    
राससका अनुसार काठमाण्डू क्षेत्र नं १० को कीर्तिपुर नगरपालिकाको वडा नं २ को भवन बाघभैरवमा कार्यालय स्थापना गरिएको छ । ललितपुर र भक्तपुरको पनि पायकपर्ने स्थानका निर्वाचन कर्यालय स्थापना भई सञ्चालनमा आइसकेको छ ।    
 

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  ०९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update