पूर्वप्रधानमन्त्री देउवा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने
काठमाण्डू । पूर्वप्रधामन्त्री शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने हुनुभएको छ ।
वि.सं. २०४८ देखि हालसम्मका सबै निर्वाचनमा डडेलधुराबाट निर्वाचित हुँदै आउनुभएका उहाँ यसपटक भने उम्मेदवार नहुने उहाँको सचिवालयले जनाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आज प्रत्यक्षतर्फ मुलुकभर मनोनयन दर्ता हुँदैछ । रासस
प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२ ०९:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
