RayNewsDaily
शेयर बजारको वृद्धि कायमै

काठमाडौं । शेयर बजार आज सातौँ कारोबार दिन पनि बढेरै बन्द भएको छ । गत साताको मंगलबारदेखि उकालो लागेको शेयर बजार मापक नेप्से आज वृद्धि भएको हो । आज नेप्से परिसूचक १६.४९ अंक बढेर १९५९.१२ विन्दुमा पुगेको छ ।

नेप्से बढे पनि कारोबार रकम भने सामान्य घटेको छ । हिजो २ अर्बभन्दा बढीको शेयर कारोबार भएकोमा आज २७० स्टकको ३४ हजार ८४१ पटकको कारोबारमा १ बर्अ ८७ करोड ३० लाख रुपैयाँ बराबरको ४८ लाख ६५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । आज दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र युनिलिभर नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

शिवम् सिमेन्ट्स, ग्लोबल आईएमई ब्यालेन्स्ड फण्ड १, स्वाभिमान लघुवित्त वित्तीय संस्था, युनाइटेड इन्स्योरेन्स र सोल्टी होटलको शेयरमूल्य ६ प्रतिशतभन्दा बढीले बढेको छ । १०१ स्टकको मूल्य घटेको छ । कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन १४ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । 

आज १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । आज उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ४.६९ प्रतिशत बढेको छ । त्यसैगरी, होटल तथा प्रशोधन उपसमूहको परिसूचक करिब साढे ४ प्रतिशतबढेको छ भने लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले बढेको छ ।
 

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update