RayNewsDaily
काठमाडौं महानगरपालिकाको मेयरबाट बालेनको राजीनामा, सुनितालाई कार्यबाहक मेयरको जिम्मेवारी
बालेन र सुनिता । फाइल तस्वीर

रे समाचार/काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले पदबाट राजीनामा दिनुभएको छ । उहाँले आज दिउँसोदेखि लागू हुने गरी आफ्नो राजीनामा उपमेयर सुनिला डंगोलसमक्ष बुझाउनुभएको हो ।

मेयर साह फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार हुने तयारीस्वरूप पदबाट अलग हुनुभएको हो । उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ बाट उम्मेदवारी दिने तयारी गर्नुभएको छ ।

राजीनामापछि उहाँ आजै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय पुगी वरिष्ठ नेता पदमा बहाली गर्नुभएको छ ।रास्वपाले साहलाई आगामी निर्वाचन प्रक्रियामा प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ।

यसैबीच, काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कार्यवाहक प्रमुखको जिम्मेवारी पाउनुभएको छ । मेयर  साहले पदबाट राजीनामा दिएलगत्तै उहाँले स्वत: कार्यवाहकको जिम्मेवारी पाउनुभएको हो । स्थानीय सरकार सञ्चालन ऐन-२०७४ अनुसार डंगोलले कार्यवाहकको जिम्मेवारी पाउनुभएको हो । मेयरले पदबाट राजीनामा पाएपछि स्वत: उपमेयरले कार्यवाहक पाउने व्यवस्था ऐनमा छ ।image-214-1768733303.png

प्रकाशित मिति: आइतबार, माघ ४, २०८२  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update